२०८३, कार्तिक ५ गते

बुधवार, कार्तिक ५ गते २०८३

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसियशनका पूर्वअध्यक्ष दिपक थापा कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

शुक्रवार , आश्विन १६, २०८३

काठमाडौं, १६ असोज । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष दिपक थापा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । 

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत काठमाडौँ क्षेत्र नं ६ मा सम्पन्न क्षेत्रीय अधिवेशनबाट थापा महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको हो । वैदेशिक रोजगार व्यवसायीको क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका थापाले नेपाली कांग्रेसको संगठन निर्माण तथा पार्टी गतिविधिमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ । 

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्व गरिसक्नुभएका थापालाई महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएसँगै कांग्रेसको आगामी महाधिवेशनमा नीति, संगठन तथा समसामयिक विषयमा आफ्नो धारणा राख्ने अवसर प्राप्त भएको छ । 

थापाले आफूलाई महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित गराउन सहयोग गर्ने सम्पूर्ण कांग्रेस नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्नुभएको छ । 

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार